
९ चैत, काठमाडौं । राष्ट्रिय योजना आयोगका नवनियुक्त चार सदस्यहरुले उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ समक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
शुक्रबार सिंहदरबारस्थित आयोगको कार्यालयमा नवनियुक्त सदस्य डा. अरनिको पाण्डे, प्रा. संगीता सिंह, डा. कुशरेन्द्रबहादुर महत र प्रा. शिवराज अधिकारीले उपाध्यक्ष समक्ष सपथ लिएका हुन् ।
सपथ ग्रहण गरेसँगै चारै जना सदस्यले शुक्रबार नै पदवहाली समेत गरेका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4