
काठमाडौं । नेपालका लागि जापानी दूतावासका मिसन उपप्रमुख ताकाहिरो तामुराले वीरगञ्जस्थित परवानीपुरमा रहेको केएनपी जापान प्रालिले सञ्चालन गरेको फ्याक्ट्री अवलोकन भ्रमण गरेका छन् ।
भ्रमणका क्रममा उनले फ्याक्ट्री सञ्चालन तरिका र सुविधाका बारेमा जानकारी लिएका थिए ।
अवलोकन भ्रमणका क्रममा फ्याक्ट्रीको उच्च प्रविधि युक्त उत्पादन प्लान्ट देखेर तामुराले खुसी व्यक्त गरेको कम्पनीले बताएको छ ।
केएनपी जापानकाे सिसारहित र न्यून भीओसी भएकाे पेन्ट्सले सर्वसाधारणलाई स्वस्थ पेन्टकाे महत्व दर्शाउने काम गरेकाेमा कम्पनीलाई धन्यवाद व्यक्त गरेको कम्पनीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4