+
+
काठमाडौं उपत्यकामा होली सुरक्षा : :

२२५ मोटरसाइकल होल्ड, १६ जना प्रहरी नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ११ गते १४:३७

११ चैत, काठमाडौं । मादक पदार्थ सेवन गरेर चलाइएका २२५ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएर होल्ड गरेको छ । दिउँसो २ बजेसम्‍ममा  काठमाडौं उपत्यकाका तीन जिल्लाका विभिन्न ठाउँहरुमा गरेर २२५ मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

‘उपत्यकाका तीन जिल्लाहरु (काठमाडौं, ललितपुर र भुक्तपुर) का विभिन्न ठाउँहरुमा दिउँसो २ बजेसम्‍ममा २२५ थान मोटरसाइकल होल्ड गरिएको छ । चेकिङ जारी रहेकाले यो संख्या थनि सक्छ’ काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रवक्ता तथा एसपी अवदेश विष्टले भने।

नियन्त्रणमा लिइएका मोटरसाइकका चालकहरुले मादक पदार्थ सेवन गरेर चलाएको पाइएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । साँझ मात्रै मोटरसाइकल धनीहरुलाई जिम्मा लगाइने एसपी विष्टले बताए ।

त्यसैगरी हो-हल्ला गर्दै हिँड्ने र उच्छृङ्खल गतिविधि गर्ने १६ जनालाई नियन्त्रणमा लिइएको विष्टले बताए ।

काठमाडौं उपत्यका प्रहरीको निर्देशनमाा उपत्यकाको चेकिङ कडाइ गरिएको छ । ट्राफिक चेकिङदेखि सादा पोशाकमा प्रहरी परिचालन र ड्रोनबाट समेत निगरानी गरिएको छ । होलीको अवसरमा दुर्घटना नहोस् भनेर चेकिङमा समेत कडाइ गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?