
१२ चैत, काठमाडौं । जनता समाजवादी पार्टीका नेता दीपक कार्की वन तथा वातावरण राज्यमन्त्री नियुक्त भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसपा नेता नवलकिशोर साह सुडीले सम्हालेको उक्त मन्त्रालयमा कार्कीलाई राज्यमन्त्री नियुक्त गरेका हुन् ।
कार्कीले सोमबार दिउँसो नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएका छन् । कार्की धनुषा-१ बाट निर्वाचित सांसद हुन् ।
* यसअघिको समाचारमा कार्की स्वास्थ्य राज्यमन्त्री भनी उल्लेख भएकाले सच्याइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4