
१२ चैत, काठमाडौं । भिसा अवधि समाप्त (ओभर स्टे)मा नेपाल बसेका ५ बंगलादेशी नागरिक पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोह्रखुट्टेबाट सोमबार ५ जनालाई पक्राउ गरेको हो ।
बंगलादेश ढाकाका २६ वर्षीय एमडी रिफात अहमद, ढाकाकै २३ वर्षीय एमडी अबदुल्लाह, ४५ वर्षीय एमडी समसुल होदा, ३० वर्षीय अबदुल विश्वास र ३६ वर्षीय एमडी मासुम मिहा पक्राउ परेका छन् ।
पक्राउ परेका सबैलाई अध्यागमन विभागको जिम्मा लगाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता नकुल पोखरेलले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4