+
+

टोखा नगरपालिकाले उच्च रक्तचाप र मधुमेहका बिरामीलाई ५ हजार आर्थिक सहयोग गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १२ गते १९:५५

१२ चैत, काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाले आफ्नो क्षेत्रमा स्थायी बसोबास गर्ने ५० वर्षभन्दा माथिका नागरिकहरुलाई उच्च रक्तचाप र मधुमेह रोगका बिरामीहरूलाई आर्थिक सहयोग गर्ने भएको छ ।

नियमित औषधि सेवन गरिरहेका विपन्न, एकल महिला, जनआन्दोलनका घाइते, दलित, अति सीमान्तकृत, लोपोन्मुख जातजातिका बिरामीहरूलाई बढीमा ५ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने नगरपालिकाले जारी गरेको एक सूचनामा उल्लेख छ ।

सुचना प्रकाशित भएको ३० दिनभित्र आफू बसोबास गर्ने वडा कार्यालयबाट सिफारिस लिई सोही वडामा रहेको स्वास्थ्य संस्थामा नाम सूचीकृत गरेर सेवा लिन सकिने सूचनामा उल्लेख छ ।

हेर्नुहोस् सूचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?