
१३ चैत, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल चीन भ्रमणमा गएका छन् ।
बोआओ फोरममा सहभागी हुन पौडेल आज चीन प्रस्थान गरेको नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए ।
बोआओ फोरम मार्च २६ देखि २९ मार्चसम्म आयोजना हुँदैछ । यसमा नेपाल सरकारको तर्फबाट चीनका लागि नेपाली राजदूत सहभागी हुने कार्यक्रम छ ।
हाल उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ पनि चीनको बेइजिङ भ्रमणमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4