
१३ चैत, काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले वरिष्ठ सल्लाहकारमा प्रणय राणालाई नियुक्त गरेका छन् ।
मन्त्रालयबाट सेवा सुविधा नलिने गरी अवैतनिक सल्लाहकारमा आफूले जिम्मेवारी पाएको राणाले अनलाइनखबरसँग बताए ।
राणा फ्रेण्ड्स क्लब कुपण्डोलका पूर्व खेलाडी समेत हुन् । ‘ए डिभिजनमा तीन वर्ष खेलेको मसँग अनुभव छ । १६ वर्षको हुँदा फ्रेण्ड्स क्लबमा आवद्ध भएर ३ वर्ष खेलेँ,’ राणाले भने ।
राणा राष्ट्रिय स्वतन्त्र पार्टीको एनआरएन विभागको केन्द्रीय उपप्रमुख हुन् । राणा नेपाली सेनाका पूर्व सैनिक अधिकृत समेत हुन् । अन्तराष्ट्रिय द्वन्द्व व्यवस्थापनमा राणाले अमेरिकाबाट पीएचडी गरेका छन् ।
उनी गत निर्वाचनमा काठमाडौं–५ मा रास्वपाबाट उम्मेदवार बनेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4