
काठमाडौं । टेलिभिजन कमेडी शो ‘कमेडी दरबार’मा अभिनेत्री गौरी मल्ल, नम्रता सापकोटा र पूर्वमिस नेपाल नम्रता श्रेष्ठ अनुबन्धित भएका छन् ।
प्रसारण तयारीमा रहेको यो टिभी कार्यक्रममा गौरी महारानीको भूमिकामा देखिन लागेको जनाइएको छ । सापकोटा र श्रेष्ठको भूमिकाबारे खुलाइएको छैन । यी तीनैजनासँग शोका निर्देशकद्वय विक्की अग्रवाल र श्रद्धा प्रसाईंले लिखित सहमति गरेका छन् ।
यसअघि अभिनेता विजय बरालसँगै हिमेश पन्त, पवन खतिवडा, सुन्दर खनाल र विकास अर्याल अनुबन्धित भइसकेका छन् । अन्य केही कलाकार पनि फाइनल हुने चरणमा रहेको बताइएको छ ।
अर्की निर्देशक प्रसाईंका अनुसार शोको यतिबेला सेट निर्माणको काम भइरहेको छ । अहिले आइरहेका टेलिभिजन कमेडी शो भन्दा यसलाई भिन्न तुल्याउने उनीहरुको तयारी छ ।
यो पारिवारिक कमेडी शो हुने जनाइएको छ । शोको प्रसारण मिति तोकिएको छैन तर छिट्टै आउने बताइएको छ । विक्कीले यसअघि ‘आम्मा कसम याँ दुख्छ’को होस्टसँगै ‘कमेडी क्लब विथ च्याम्पियन’को निर्देशन पनि गरेका थिए ।
प्रतिक्रिया 4