
जीतबहादुर राई ।
१४ चैत, काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले आगामी १५ वैशाखमा हुने उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ ।
इलाम–२ मा जीतबहादुर राई र बझाङ (क) मा दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय एकीकृत समाजवादीले गरेको हो । राई पूर्व गाउँपालिका अध्यक्ष हुन् । उनले २०७४ को चुनावमा माइजोगमाईँ गाउँपालिका अध्यक्ष जितेका थिए ।
बझाङमा हुने प्रदेशसभा निर्वाचनमा उम्मेदवार तय भएका सिंह एमालेका पूर्व जिल्ला अध्यक्ष हुन् । उनी तत्कालीन नेकपामा पनि बझाङका जिल्ला अध्यक्ष थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4