
१४ चैत, पोखरा । पोखरामा सेती नदीमा हाम फालेर बेपत्ता भएका बालकको खोजी गर्न बिहीबार फेरि सेतीको बाँध खोलिने भएको छ ।
फागुन १८ गते पोखरा–११ का १५ वर्षीय सुगम बास्तोला नदीपुरको पूरानो पुलबाट हाम फालेर वेपत्ता भएपछि बिहीबार बाँध खोलेर खोजी गरिने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
सिसिटिभी फुटेजमा सुगमे सेतीमा हाम फालेको देखिएको छ । यसअघि फागुन २२ गते पनि सेतीको बाँध खोलेर उनको खोजी गरिएको थियो ।
आफन्तले सेतीको बाँध खोलेर बढाएर फेरि एकपटक खोजी गर्न परिवारले आग्रह गरेकोे जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सूर्य रानाले बताए ।
पोखरा–१ को बाँध खोल्दा दिउँसो १ बजेदेखि नदीमा पानीको वहान बढ्ने भएकाले सचेत रहन जिल्ला प्रहरी कार्यालय कास्कीले अनुरोध गरेको छ ।
नदी वरीपरी काम गर्ने तथा आवतजावत गर्ने मानिसहरु चनाखो भई कार्य गर्नु हुन, नदीको किनारमा नजानु हुन र सुरक्षा सतर्कता अपनाउन अनुरोध प्रहरीले अनुरोध गरेको छ ।
प्रतिक्रिया 4