
१५ चैत, काठमाडौं । भेरी नदीमा नुहाउने क्रममा वेपत्ता भएका युवकको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरिएको छ ।
जाजरकोटको भेरी नगरपालिका-१३ स्थित भेरी नदिमा पौडी खेल्ने क्रममा १२ चैतमा ३५ वर्षीय गोविन्द थारु बेपत्ता भएका थिए । उनको अवस्था अहिलेसम्म पनि पत्ता नलागेपछि सशस्त्रको गोताखोर परिचालन गरिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं. महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट बिहीबार बिहान ४ जना गोताखोरसहित ७ जनाको टोली परिचानल गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4