
१५ चैत, काठमाडौं । राष्ट्रिय योजना आयोगको सदस्य बनेपछि अरनिको पाँडेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट राजीनामा दिएका छन् ।
‘स्वार्थको द्वन्द्व हुन’ नदिने भन्दै रास्वपाको केन्द्रीय सदस्यबाट पाँडेले राजीनामा दिएका हुन् ।
पाँडेले ‘नेपाल इकोनोमिक फोरम’ र आईआईडीएसको सल्लाहकारको भूमिकाबाट पनि अलग भएको बताएका छन् । त्यसका साथै सम्पूर्ण परामर्श सम्बन्धी काम पनि छोडेको जानकारी दिएका छन् ।
८ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले पाँडेसहित ४ जनालाई राष्ट्रिय योजना आयोगको सदस्य नियुक्त गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4