
१५ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु नेकपा एमालेको कार्यालय भ्रमणका लागि च्यासल गएका छन् ।
आपसी अध्ययन भ्रमणका लागि रास्वपाले एमालेलाई पत्राचार गरेपछि बिहीबार रास्वपाका नेताहरुलाई एमाले पार्टी कार्यालयमा निमन्त्रणा गरिएको थियो । पार्टीको आन्तरिक प्रशासन, व्यवस्थापन लगायतमा अध्ययन भ्रमणका लागि रास्वपाले एमालेलाई पत्राचार गरेको थियो ।
महामन्त्री मुकुल ढकालको नेतृत्व रास्वपाका नेताहरु च्यासल पुगेका थिए । ‘राजनीतिक दलहरुमा एक आपसपमा सहकार्य हुनुपर्छ भन्ने मान्यताले एमालेको कार्यालय पुगेका हौं, रास्वपामा प्रशिक्षण विभाग सचिव कमल सुवेदीले भने,‘अरु दलका कार्यालयहरुमा पनि हामी जान्छौं । उहाँहरुलाई पनि बोलाउँछौं ।’
एमाले महासचिव शंकर पोखरल, उपमहासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराई तथा कार्यालय सचिव डा. भिष्म अधिकारी लगायतसँग रास्वपाको टोलीसँग कुराकानी भएको थियो ।
रास्वपाका महामन्त्री ढकालले आफ्नो पार्टीको भ्रमणका लागि एमालेका नेताहरुलाई अनुरोध गरेका थिए । अध्ययन भ्रमणका लागि रास्वपाका प्रशिक्षण विभाग सचिव कमल सुवेदी, पार्टी कार्यालयका कर्मचारी शुभराज शिल्पकार, सेनु लामा एमाले कार्यालय पुगेका थिए ।
प्रतिक्रिया 4