१५ चैत, काठमाडौं । इ-स्पोर्ट्स संघ नेपाल (इसान) को सचिवमा अधिराज रेग्मी मनोनीत भएका छन्।
संघले उनलाई बिहीबार सचिवमा मनोनयन गरेको हो । रेग्मी पाँच वर्षदेखि खेलकुद क्षेत्रको व्यवस्थापनमा सक्रिय छन् । उनले अमेरिकाको युनिभर्सिटी अफ सिलिकन भ्यालीमा इनोभेसन इन बिजनेस एन्ड इकोनोमिक्स अध्ययन गरेका छन् ।
संघको सदस्यमा प्रकाश घर्तीमगर, उपदेश यादव र सुरेश लामा मनोनीत भएका छन् ।
गत शुक्रबार इसानको साधारणसभाले अञ्जन धमलाको अध्यक्षतामा १६ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको थियो ।
संघमा एक जना उपाध्यक्ष, एकजना सचिव तथा तीन सदस्य मनोनयन गर्न पाउने व्यवस्था छ । उपाध्यक्ष मनोनयन गर्न बाँकी रहेको संघले जनाएको छ ।
प्रतिक्रिया 4