
१६ चैत, काठमाडौं । बिहीबार राति काठमाडौंबाट दोहा उडेको नेपाल एयरलाइन्सको जहाज काठमाडौं फिर्ता भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार वाइडबडी ए-३३० को हाइड्रोलिकमा समस्या देखिएपछि जहाज काठमाडौं फिर्ता ल्याइएको हो ।
‘नाइनएन–एएलवाई जहाज काठमाडौंमा नर्मल अवतरण गरेको छ, जहाज ७० नटिकल माइल उडेपछि काठमाडौं आएको रेकर्ड छ,’ उनले अनलाइनखबरसँग भने । जहाज रातको करिब ३ बजे काठमाडौंमा अवतरण गरेको थियो ।
निगमको काठमाडौं रात्री बिसान गरेको अर्को जहाज नाइनएन–एएलजेडले सो जहाजका यात्रु लिएर उडेको प्रवक्ता झाले जानकारी दिए ।
जहाज बन्यो, आजै दिल्ली उडानको तयारी
नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलका अनुसार हाइड्रोलिकमा समस्या आएको जहाज बनिसकेको छ । यसलाई आजै दिल्ली उडानमा पठाउने तयारी छ । ‘अर्को जहाज तयारी अवस्थामा रहेको र जहाज तत्काल बनिसकेकाले कुनै पनि अन्तर्राष्ट्रिय सेड्युल भने फेर्नु परेन,’ उनले भने ।
प्रतिक्रिया 4