
१६ चैत, काठमाडौं । हातहतियार तथा खरखजना मुद्दामा तीन वर्ष कैद सजाय तोकिएका व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका–८ का ३१ वर्षीय मोहमद लालु खान भनिने लालु खान छन् । जिल्ला प्रहरी प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनलाई गौशालाबाट पक्राउ गरेको हो ।
हातहतियार सम्बन्धी मुद्दामा उनीविरुद्ध ३० कात्तिक २०७९ मा ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवानाको फैसला भएको थियो । पक्राउ परेका खानलाई फैसला कार्यान्वयनका लागि अदालत पठाइएको परिसर काठमाडौंका प्रवक्ता तथा एसपी अनराज अधिकारीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4