
Photo Credit : तस्वीर : विकाश श्रेष्ठ/अनलाइनखबर
१६ चैत, काठमाडौं । आयरल्याण्ड ए विरुद्ध नेपालका ओपनर लोकेश बमले बिस्फोटक ब्याटिङ गर्दै शतक बनाएका छन् ।
उनले ५२ बलमा ८ छक्का र ८ चौका प्रहार गर्दै शतक बनाएका हुन् । ३७ बलमा ३ छक्का र ५ चौका सहित अर्धशतक बनाएका लोकेशले त्यसपछि बिस्फोटक ब्याटिङ गरे ।
तेस्रो विकेट गएपछि क्रिजमा आएका आरिफ शेखसँग लोकेशले १२१ रनको साझेदारी गरेका छन् । २२३ रनको फराकिलो लक्ष्य पछ्याएको नेपालका लागि ५६ बलमा १०९ रन बनाएर लोकेश आउट भएका छन् ।
नेपालले १६ ओभरमा चार विकेट गुमाएर १९० रन जोडेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4