
१६ चैत, काठमाडौं । भक्तपुरमा घरेलु उत्पादन मेला सुरु भएको छ ।
घरेलु तथा साना उद्योग संघको आयोजनामा संस्कृति संरक्षण तथा पर्यटन प्रवर्द्धनका लागि भन्दै मेला शुक्रबारदेखि सुरु भएको हो ।
नःपुखु परिसरमा सञ्चालित दुई दिने घरेलु उत्पादन मेलाको उद्घाटन नेमकिपाका सांसद प्रेम सुवालले गरेका छन् ।
घरेलु उत्पादनबारे प्रचारप्रसार एवम् व्यापार प्रवर्द्धनमा समेत मद्दत पुग्ने उद्देश्यले मेलाको आयोजना गरिएको संघले जनाएको छ ।
मेलामा भक्तपुरको जुजु धौ, भादगाउँले टोपी, हाकुपटासी, टाइचिन चिउरा लगायतका स्थानीय उत्पादन प्रदर्शनमा राखिएको आयोजकले जनाएको छ ।
मेला उद्योग तथा वाणिज्य कार्यालयको सहकार्य तथा भक्तपुर पर्यटन विकास समितिको संयोजनमा भएको हो ।
मेला १६ र १७ चैत बिहान १० बजेदेखि साँझ ६ बजेसम्म नःपुखु परिसरमा गरिने र प्रवेश शुल्क निःशुल्क गरिएको आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4