+
+

हावाहुरीले भक्तपुर एफएमको टावरमा क्षति

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १८ गते ९:०८
Photo Credit : Bhaktapur FM/Facebook

१८ चैत, काठमाडौं । गएरातिको हावाहुरीले भक्तपुर एफएमको टावरमा क्षति पुगेको छ । टावरमा क्षति पुगेपछि एफएमको प्रसारणमा पनि बाधा पुगेको छ ।

भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले एफएमको टावरमा क्षति पुगेको बताए । तर विस्तृत विवरण थाहा नभएको उनले बताए ।

भक्तपुर एफएमका सदस्य सत्यनारायण मानन्धरले एफएमको टावर ढल्किएको र प्रसारण बन्द गरेको जानकारी दिए । उनले भने, ‘टावर अलिकति झुकेको छ । अरु क्षति भएको छैन । अहिलेलाई प्रसारण रोकेका छौं ।’

उनले थप अध्ययनका लागि साउन्ड इन्जिनियरलाई बोलाइएको र इन्जिनियरले भनेअनुसार अघि बढ्ने बताए ।

भक्तपुर प्रहरी परिसरका प्रवक्ता बसन्त पाठकले पनि गएरातिको हावाहुरीले एफएमको टावरमा क्षति पुगे पनि अन्य क्षतिको विवरण प्राप्त नभएको बताए ।

शनिबार बेलुकी काठमाडौंमा मेघगर्जन र हावाहुरीसहित पानी परेको थियो ।

पाल्पामा पनि हावाहुरीले रुख ढाल्दा दुई जना च्यापिएकोमा एक जनाको मृत्यु भएको थियो ।

चट्याङ लागेर दैलेखमा एक बालिकाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?