
१८ चैत, गुल्मी । गुल्मीमा बडीगाड खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका बालक मृत फेला परेका छन् ।
जिल्लाको गुल्मीदरबार गाउँपालिका–२ का १२ वर्षका प्रिन्स सारु बडीगाड खोलामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षण सूर्यभान चौधरीले बताए ।
शनिबार दिउँसो बडीगाड खोलाको सोता भन्ने ठाउँमा पौडी खेल्ने क्रममा बालक बेपत्ता भएका थिए । उनलाई प्रहरी र स्थानीयले आइतबार बिहान खोज्ने क्रममा मृत फेला पारेका हुन् ।
बालकको शव पौडी खेलेकै स्थानमा फेला परेको थियो । उनको शव पोष्टमार्टमका लागि गुल्मी अस्पताल लगिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4