+
+

नेपाल लाइफ क्यापिटलको लगानी व्यवस्थापन कार्यक्रम सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १८ गते १२:४४

काठमाडौं । नेपाल लाइफ क्यापिटलले नेपाल लाइफ इन्स्योरेन्ससँगको समन्वयमा लगानी व्यवस्थापन कार्यक्रम सम्पन्न गरेको छ ।

१८-२४ मार्चसम्म विश्वभर चलेको ग्लोबल मनी विकको अवसरमा कम्पनीले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।

धितोपत्र बजार, लगानी र जोखिम न्यूनीकरण विषयमा कम्पनीले विभिन्न ५ स्थानमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ५ चैतमा नेपालगञ्ज, ६ चैतमा कोहलपुर, ७ चैतमा धनगढी, ८ चैतमा महेन्द्रनगर बजार र कञ्चन क्याम्पस गरी उपत्यका बाहिरका ५ स्थानमा कार्यक्रम सञ्चालन गरिएको हो ।

सेयर बजार, जोखिम र यसको प्रतिफलको प्रभावबारे झन्डै ५०० जनालाई जानकारी गराइएको कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?