+
+

लुटपाटमा संलग्न दुई जना बसुन्धाराबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १८ गते १३:०४

१८ चैत, काठमाडौं । लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तार्केश्वर नगरपालिका -६ बस्‍ने २७ वर्षीय प्रशान्त जङ कार्की र बुढानीलकण्ठ नगरपालिका-२ बस्‍ने राजु गुरूङ रहेका छन् ।

उनीहरूलाई बसुन्धारा चोकबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाउको छ ।

उनीहरूले चैत १३ गते राति ९देखि १० बजेको समयमा  बुढानीलकण्ठ नगरपालका-१२ कपन दुर्गामन्दिर नजिकबाट बा २ ज ३५९८ नम्बरको ट्याक्सी चालकलाई कुटपिट गरी लुटपाट गरेको प्रहरीको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?