+
+

नयाँ वर्षमा होन्डाको अफरै अफर

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १८ गते १५:०३

काठमाडौं । स्याकार ट्रेडिङ कम्पनि प्रालि अन्तर्गत  होन्डा कारले नयाँ वर्ष २०८१ को अवसरमा ग्राहकका लागि अफरै अफर योजना सार्वजनिक गरेको छ ।

होन्डाको गाडी खरिद गर्ने ग्राहकलाई नगद छुट तथा अन्य सुविधा सहित योजना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

अफर अनुसार २० प्रतिशत डाउनपेमेन्ट, १०.४९ प्रतिशत ब्याजदर, एक वर्षको फ्री टयाक्स, एक वर्षको फ्री इन्स्योरेन्स र आकर्षक नगद छुट ग्राहकलाई उपलब्ध गराइने छ ।

ग्राहकको सुविधालाई ध्यानमा राखेर रोड साइड असिस्ट पनि फ्री दिने घोषणा कम्पनीले गरेको छ । यो अफर १५ चैत २०८० देखि ३१ वैशाख २०८१ सम्म लागु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?