+
+

चैत २ मा हटाइएको विधेयक कार्यसूची २७ गते राखियो

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १८ गते १६:१४

१८ चैत, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिनिधि सभामा चैत दुई गते एउटा विधेयक प्रस्तुत गर्ने तय भएर हटेको कार्यसूची यही चैत २७ गतेका लागि राखिएको छ ।

प्रतिनिधि सभाले हालै तय गरेको चैत १५ गतेदेखि ३० गतेसम्मको पाक्षिक कार्यसूचीमा चैत ३ गते हटेको गृहमन्त्रीले सदनमा विधेयक प्रस्तुत गर्ने कार्यसूची २७ गतेलाई राखिएको छ ।

कार्यतालिका अनुसार चैत २७ गते शून्य समय, विशेष समय चल्नेछ । शून्य समय, विशेष समयमा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीले जवाफ दिनेछन् ।

त्यसदिन अन्तराष्ट्रिय सौर्य गठबन्धन (आइएसए)को स्थापनासँग सम्बन्धित सम्झौता अनुमोदन गर्ने लगायतका कार्यसूचीपछि उपप्रधान तथा गृहमन्त्रीले राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तय गरिएको छ ।

गृहमन्त्रीले यो विधेयक प्रस्तुत गर्ने कार्यसूची यसअघि यही चैत २ गतेका लागि तय भएको थियो । त्यसदिन सभामुख देवराज घिमिरेले कार्यसूची अनुसार गृहमन्त्री लामिछानेलाई विधेयक प्रस्तुत गर्न रोष्ट्रममा बोलाउनेवित्तिकै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वेल घेराउ गर्दै नाराबाजी गरेको थियो ।

प्रमुख प्रतिपक्षीको अवरोधका कारण उक्त कार्यसूची अगाडि बढ्न पाएको थिएन । संसदमा कांग्रेसले गृहमन्त्री लामिछानेलाई सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोप लागेको भनी प्रश्न उठाउँदै आएको छ । गृहमन्त्रीका सम्बन्धमा संसदीय छानबिन समिति गठन हुनुपर्ने कांग्रेसको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?