
१८ चैत, धनगढी । नेकपा माओवादी केन्द्रको प्रदेश कमिटीले बझाङ प्रदेश सभा-१ को उपनिर्वाचनमा प्रदेश कमिटी सचिव जनकबहादुर बुढालाई उम्मेदवार बनाउने सिफारिश गरेको छ ।
सुदूरपश्चिम प्रदेश कमिटीले अगामी १५ वैशाखमा हुने उपनिर्वाचनमा बुढालाई उम्मेदवार बनाउन केन्द्रीय कमिटीलाई सिफारिश गर्ने निर्णय गरेको हो ।
माओवादी केन्द्रका प्रदेश कमिटी सचिव रहेका बुढा २०५६ सालमा अखिल क्रान्तिकारी हुँदै पार्टी राजनीतिमा आएका थिए । २०७० सालको दोस्रो संविधान सभा सदस्य रहेका बुढाले बझाङ जिल्ला अध्यक्ष र इन्चार्जको भूमिका निर्वाह गरिसकेका छन् ।
बझाङमा नेकपा एमालेले दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश समितिले १० जनाको नाम सिफारिश गरे पनि केन्द्रीय समितिले निर्णय गर्न बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4