
काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आईएमई पे’ ले अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्ने ग्राहकलाई लक्षित गरी ‘जेट सेट रिवार्ड’ नामक योजना सार्वजनिक गरेको छ ।
यो अफर अन्तर्गत ‘आईएमई पे’ एप मार्फत अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्दा हवाई टिकटमा १०० प्रतिशत क्यास ब्याक साथै अन्य पुरस्कारहरू पनि जित्ने मौका पाउनेछन् ।
यहि ६ चैतदेखि जेठ मसान्तसम्म तीन महिनाका लागि चल्ने सो अफरका ३ जना भाग्यशाली विजेताको नाम ‘आईएमई पे’ को सामाजिक सन्जालमा सार्वजनिक गरिने कम्पनीले जनाएको छ । यसमा पहिलो भाग्यशाली विजेताले आफ्नो हवाई टिकट खरिद गरेको रकमको १०० प्रतिशत क्यास ब्याक पाउनेछन् ।
दोस्रो विजेताले द लेकसाइड रिट्रिट- पोखराको प्याकेज जित्न सक्नेछन भने तेश्रो विजेताले चन्द्रागिरी हिल्स रिजोर्टको प्याकेज जित्ने मौका पाउनेछन् ।
यसको साथै ‘आइएमई पे’ मार्फत टिकट खरिद गर्ने ग्राहकहरुले हरेक हवाई टिकटमा उच्चतम रिवार्ड पोइन्ट पनि प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ ।
प्रतिक्रिया 4