+
+

हेटौंडाका किसानलाई कृषि सामग्री सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १८ गते १३:०८

१८ चैत, काठमाडौं । तरकारी तथा फलफूल उत्पादनका लागि पकेट क्षेत्रका किसानलाई हेटौंडा उपमहानगरपालिकाले कृषि सामग्री सहयोग गरेको छ ।

‘तरकारी पकेट कार्यक्रम’ अन्तरगत उपमहानगरले ४० जना स्थानीय कृषकहरूलाई कृषि सामग्री वितरण गरिएको उपमहानगरले जनाएको छ ।

कृषकहरूलाई किटनाषक औषधि छर्ने मेसिन, कृषि उपज जोख्ने डिजिटल तराजु, पानी हाल्ने हजारी, कुटो, स्प्रिडकल, सिकेचर कोदालो लगायतका सामग्री वितरण गरिएको उपमहानगरले जनाएको छ ।

एक कार्यक्रमका बीच हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले कृषकहरूलाई कृषि सामग्री तथा बिउ वितरण गरेकी हुन् ।

यस्तै किसानहरूका लागि कुरिलो, गोलभेंडा, लेटुस, चुकन्दर लगायतका बिउ वितरण गरिएको छ ।

पछिल्लो समय हेटौंडा उपमहानगर -१२ र १३ नम्बर वडामा व्यावसायिक रुपमा तरकारी सहित फलफूल खेती हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?