+
+

कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुर्खेत र दैलेखमा सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १८ गते २०:४२

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न भएको छ । महोत्सव उद्घाटन गर्दै प्रदेश प्रमुख तीलक परियारले गला र कलामार्फत प्रदेशको पहिचानलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा अगाडि बढाउन सकिने बताए ।

संघीय सांसद सोबिता गौतमले कर्णालीको प्राकृतिक सौन्दर्य विश्वकै लागि लोभलाग्दो भएको बताइन् । फिल्म निर्माण तथा ऐन बनाउन आफूले संसदमा आवाज उठाउने प्रतिबद्धता उनले व्यक्त गरिन् ।

कर्णालीमा लुकेका कथा, कला, रितिरिवाज, संस्कृति, परम्परा र पर्यटकीय सम्पदालाई उजागर गर्ने उद्देश्यले महोत्सवको विशेष कार्यक्रम अन्तर्गत विमर्श सत्र आयोजना गरिएको थियो ।

उक्त अवसरमा ‘कर्णालीमा चलचित्र सम्भावना र राज्यको भूमिका’ बिषयमा संघीय सांसद गौतम, प्रदेशसभा सदस्य घनश्याम भण्डारी वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया भण्डारी, फिल्म निर्देशक आकाश अधिकारीले छलफल गरे ।

दोस्रो सत्रमा ‘कर्णालीमा गजल विषय’मा छलफल गरियो । स्थानीय साहित्यकर्मीले गजल वाचन गरे । सावित्री स्वप्नील, महेन्द्र चन्द महासागर, नवराज कुन्दन, धिरेन अनुपम, कपिल अन्जानले गजल वाचन गरे ।

तेस्रो सत्रको रुपमा ‘कर्णालीका कथा र चलचित्र : जनप्रतिनिधी र बिज्ञको भूमिका’ विषयमा छलफल चलाइयो । यो सत्रमा प्रदेश सांसद राजिव शाह, गुराँस गाँऊपालिका अध्यक्ष टोपबहादुर बिसी, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, साहित्यकार बसन्ती शाही, लेखक नवराज केसीले छलफल गरे ।

कर्णाली क्षेत्रबाट नेपाली कला, बाद्यबादन, नृत्य कलाको प्रवद्र्धनमा योगदान दिएका प्रेमदेव गिरी र कुलमान नेपालीलाई सम्मान गरियो । सुर्खेतमा बसेर फिल्म निर्माण हल संचालन गरेका डाक्टरसिंह गुरुङ्गलाई समेत सम्मान गरियो ।

गएको फागुन महिनामा ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने उद्देश्यका साथ काठमाडौंमा महोत्सव सुरु भएको थियो ।

गुराँस गाउँपालिकामा संवाद

आयोजकले आइतबार दैलेखको गुराँस गाउँपालिकामा चलचित्र र पर्यटन विषयमा गुराँस संवाद चलाएका छन् ।

गाउँपालिका-८ र ६ तथा वीरेन्द्रनगर नगरपालिका-१६ को सिमाना भ्यूचुलामा आयोजित गुराँस संवाद तथा चलचित्र पर्यटन अन्तरक्रियामा अध्यक्ष केसीले गुराँसको प्राकृतिक हिसाबले मनोरम वातावरण नै चलचित्र क्षेत्रको लागि महत्वपूर्ण हुने बताए ।

गाउँपालिका अध्यक्ष टोपेन्द्र बिसीले गुराँसमा चलचित्र निर्माण गर्न आह्वान गरे । गाउँपालिकामा फिल्म निर्माण गर्न आउनेलाई सघाउने प्रतिवद्धता उनले जनाए ।

गाउँपालिका अध्यक्ष बिसी, बोर्ड अध्यक्ष केसी, साहित्यकार तथा शैक्षिक अगुवा महेन्द्रकुमार मल्ल , वडाअध्यक्ष दीपेन्द्र वलीले उक्त विषयमा छलफल चलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?