+

दशौं राष्ट्रिय खेलकुदको मिति तोक्न खेलकुद मन्त्रालयलाई राखेपको अनुरोध

२०८० चैत  १९ गते ७:२६ २०८० चैत १९ गते ७:२६
दशौं राष्ट्रिय खेलकुदको मिति तोक्न खेलकुद मन्त्रालयलाई राखेपको अनुरोध

१९ चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुदको मिति र र प्रथम पारा राष्ट्रिय खेलकुदको मिति तोक्नका लागि युवा तथा खेलकुद मन्त्रायमा अनुरोध गरेको छ ।

राखेपले दशौं राष्ट्रिय र प्रथम पारा खेलकुदको मिति तोक्न मन्त्रालयलाई अनुरोध गरेको हो ।

गत वर्ष गण्डकी प्रदेशमा आयोजजा भएको नवौं राष्ट्रिय खेलकुदको दौरान भएको राखेपको ११५औं बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुद २०८१ साल मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना गर्ने घोषणा गरेको थियो ।

वृहत राष्ट्रिय खेलकुद चक्रिए प्रणाली अनुसार हरेक दुई-दुई वर्षमा आयोजना हुने व्यवस्था छ ।

यस्तै राखेपले  राष्ट्रिय खेलकुद प्रतियोगिता पश्चात् फरक क्षमता भएका खेलाडीहरुको पारा खेलकुद आयोजना गरिने प्रचलन पनि रहेकोले प्रथम पारा राष्ट्रिय खेलकुद प्रतियोगिता–०८१ समेत अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका दिन २०८१ साल मंसिर १८ देखि २१ गतेसम्म कर्णाली प्रदेशमै आयोजना गर्नका लागि मिति तोक्न पनि अनुरोध गरेको छ ।

राखेपले दुई राष्ट्रिय प्रतियोगिताका लागि नियमानुसार आवश्यक प्रक्रिया अगाडि बढाउनका लागि युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गरेको राखेपले जनाएको छ ।

राष्ट्रिय खेलकुदको नवौं संस्करण २०७९ साल असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा भएको थियो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय