
१९ चैत, जनकपुरधाम । सर्लाहीबाट स्रोत नखुलेको २७ लाख ७५ हजार रुपैयाँभन्दा बढी रुपैयाँसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको मलंगवा नगरपालिका ३ का २४ वर्षीय कमर राजा र ४० वर्षीय आरिफ अन्सारी छन् ।
आइतबार प्रहरीले दुवैजनाको साथबाट स्रोत नखुलेको २७ लाख ७५ हजार ९७० रुपैयाँ बरामद गरेको जनाएको छ । मलंगवा नगरपालिका ९ बाट स्रोत नखुलेको रकमसहित पक्राउ परेका दुवैजना हुण्डी कारोबारी रहेको सर्लाही प्रहरीले जनाएको छ ।
आरिफ अन्सारीले मलंगवा ९ मा फोन सिटी मोबाइल पसल सन्चालन गरेका छन् । कमर आरिफ दुवै जना माथि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सहायक सूचना अधिकारी प्रहरी निरीक्षक सविन कुमार कार्कीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4