
१९ चैत, काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले एसपीमा बढुवा हुँदा पहिलो नम्बरमा रहेका डीएसपी किन छुटेको भन्दै प्रश्न गरेका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद केसीले नेपाल प्रहरीका १२ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)बाट ८ जना प्रहरी उपरीक्षक (एसपी)मा बढुवा हुँदा सत्तागठबन्धनको सिण्डिकेटका कारण एक नम्बरका डीएसपी छुटेको टिप्पणी गरेका हुन् ।
उनले भने, ‘वरिष्ठलाई पाखा पार्ने कामले सरकारको सुशासनको रटानको धज्जी उडेको छ ।’
हालै प्रहरी प्रधान कार्यालयले डीएसपीबाट एसपीमा गरेको बढुवामा १२ नम्बरका डीएसपी विनोद घिमिरे पर्दा पहिलो नम्बरका प्रदीप क्षेत्री छुटेका छन् । यसले सरकारको भनाइ र गराइमा ठूलो भिन्नता देखिएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4