+
+

कांग्रेस सांसदको प्रश्न : अहिले रुस जान श्रम स्वीकृति किन दिइयो ?

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १९ गते १८:४९

१९ चैत, काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले रुसी सेनामा रहेका नेपालीहरुको उद्दारमा सरकारले पहल नगरेको बताएका छन् ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा विशेष समय लिएर बोलेका कांग्रेस सांसद पौडेलले रुसी सेनामा कति संख्यामा नेपाली छन् भन्ने समेत सरकारलाई थाहा नभएको बताए ।

‘नेपालीहरु रुसी सेनामा छन् भन्ने सरकारलाई थाहा छ । तर कति संख्यामा छन् ? उनको अवस्था के छ ? आफन्तहरु कसरी बासिरहेका छन् भन्नेमा सरकार बेखबर छ’ उनले भने, ‘बेखबर मात्र होइन, सरकारले खोजी गर्ने चेष्टा नै गरेको छैन ।’

पीडित परिवार र उनीहरुसँग काम गरको स्वयंसेवीहरुले उपलब्ध गराएको तथ्यांक भन्दै उनले रुसी सेनामा ७०० भन्दा बढी नेपाली रहेको सुनाए । उनका अनुसार ४० जनाको मृत्यु भएको छ भने ३०० भन्दा बढी बेपत्ता छन् । ११७ जना घाइते भएका छन् ।

तर अहिलेका परराष्ट्रमन्त्रीले अघिल्लो परराष्ट्रमन्त्रीले मिलाएको समयमा रुसी समकक्षीसँग वार्ता गर्ने बाहेक केही नगरेको उनको आरोप छ ।

नेपालीहरुको उद्दारका लागि सरकारले के गरिरहेको छ भन्ने प्रश्न गर्दै कांग्रेस संसद पौडेलले भने, ‘सरकारले गर्न सक्दैन भने मानवअधिकारवादी संस्था, रेडक्रस, राष्ट्रसंघलाई आग्रह गर्न सक्छ । नेपाली ल्याउन सरकारको जुन ढंगको पहल हुनुपर्ने हो, त्यो भएको छैन ।’

सरकारले पीडामाथि पीडा थप्ने काम मात्र गरेको उनको आरोप छ । रुसमा मृत्यु भएकाहरुको पहिचानका लागि रुसले आफन्तको डीएनए परीक्षण गर्न आग्रह गरेपछि सरकारले आफन्तलाई काठमाडौं बोलाउँदा समेत अपराधीलाई जस्तो व्यवहार गरेको उनको दाबी छ । ‘एउटा अपराधीलाई बोलाएको जसरी काठमाडौं बोलाउँछ, दशौं ठाउँमा जानुपर्छ,’ यसले पीडित झन् पीडित भएको उनले बताए ।

रुसमा जान श्रम स्वीकृति दिने सरकारको निर्णयमा पनि उनले प्रश्न उठाए । रुस नजाऊ भनेर आग्रह गर्नुपर्नेमा श्रम मन्त्रालयले श्रम स्वीकृति दिने निर्णय गरेको भन्दै उनले भने, ‘मानव तस्करहरुलाई सहज हुने गरी यति नै बेला श्रम स्वीकृति किन दिइयो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?