
१९ चैत, काठमाडौं । प्युठानमा ६ जनाको ज्यान जाने गरी भएको जीप दुर्घटनाका चालक ७ वर्षपछि ललितपुरबाट पक्राउ परेका छन् ।
ललितपुरको महांकाल गाउँपालिका–३ घर भएका २७ वर्षीय सरोज घलेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ग्वार्कोबाट पक्राउ गरेको छ ।
११ चैत २०७३ मा प्युठानको स्वर्गद्वारी मन्दिर दर्शन गर्न जाँदा घलेले चलाएको बा ८ च १५६१ नम्बरको स्कर्पियो स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा दुर्घटना भएको थियो । दुर्घटनामा दिनेश ध्वज बस्नेत सहित ६ जनाको मृत्यु भएको थियो ।
पक्राउ परेका घलेलाई सवारी ज्यान मुद्दामा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता नकुल पोखरेलले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4