
१९ चैत, काठमाडौं । नाबालिकालाई यौन क्रियाकलापमा लगाएको आरोपमा एक खाजाघर सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उदयपुरको उदयपुरगढी गाउँपालिका–६ घर भइ काठमाडौं महानगरपालिका–१६ बालाजुमा ‘लाफा’ खाजाघर सञ्चालन गर्दै आएका २३ वर्षीय नवीनकुमार मगर छन् । मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले उनलाई खाजाघरबाटै आइतबार पक्राउ गरेको हो ।
मगरले नाबालिकालाई डर, त्रास र प्रलोभनमा पारेर यौन क्रियाकलापमा लगाउने गरेको पाइएपछि पक्राउ गरिएको ब्यूरोका प्रवक्ता तथा एसपी ज्ञानेन्द्र फुयालले बताए ।
उनले १३ वर्षीया नाबालिकालाई गत फागुनदेखि डर, त्रासमा पार्दै यौन क्रियाकपलामा लगाउने गरेको दाबी प्रहरीले गरेको छ । पक्राउ परेका मगरविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिई अनुसन्धान अघि बढाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4