
२० चैत, काठमाडौं । चम्पादेवी पर्यटन प्रवर्द्धन संस्थाले चैत्र ३० र वैशाख १ गते दोस्रो दक्षिणकाली बोसन मोहत्सव आयोजना गर्ने भएको छ ।
दक्षिणकाली नगरपालीका र वडा नं.१ कार्यालयको सहकार्यमा उक्त कार्यक्रम बोसन फुटबल खेल मैदानमा हुनेछ ।
राष्टिय तथा स्थानिय कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुती, बोसन महोत्सव र्याली, चम्पादेवि हाइकीङ, स्थानिय खानाको परिकारहरु, साहासिक खेल साथै झाकी प्रदर्शनी समेत कार्यक्रममा आयोजना गरिनेछ ।
राष्ट्रिय स्तरका कलाकारहरुमा ‘रचना रिमाल, अमित बराल सुबोध गौतम, रेस्मा बोम्जन, प्रतिमा अर्याल, सरोज लामिछाने, सुनिल खडका र राजेन्द्र) लगायतको सहभागीता हुनेछ ।
कला संस्कृति जगेर्ना, खेलकुद प्रोत्साहान, स्थानिय उत्पादनको बजारीकरण, प्राकृतिक सौन्दर्य मार्फत बोसनमा पर्यटनको बिकास र स्थानियको जीवन स्तरउकास्न मोहत्सवले महत्वपूर्ण भूमिका खेल्ने संथाका अध्यक्ष महेश तामाङले बताए ।
दक्षिणकाली नगरपालीका वडा नं. १ का वडा अध्यक्ष जयथापा मगरलेचम्पादेवि पर्यटन प्रवद्र्धन संस्थासँग सहकार्य गरेर दक्षिणकाली नगरपालीका र वडा नं.१ कार्यालय मिलेर बोसनलाई पर्यटन हबको रुपमा परिचित गराउने बताए ।
दक्षिणकाली नगरपालीका नगर प्रमुख मोहन बस्नेतलेदक्षिणकाली नगरपालिकाको बोसन भन्ने ठाँउलाई अझ व्यापक रुपमा चिनाउन दास्रो बोसन महोत्सबले महत्पूर्ण भूमिका खेल्ने बताए ।
प्रतिक्रिया 4