
२० चैत, काठमाडौँ । एटलान्टामा आगामी अगष्ट २४ मा सम्पन्न हुने इन्टरनेशनल सिइगर संङग राइटर्स एशोशिएनले आयोजना गरेको छैटौँ आइएसएसए अन्तर्राष्ट्रिय अवार्डमा नेपालबाट देशान्तरकर्मी प्रसिद्ध गीतकार लोकराज अधिकारी मनोनयन भएका छन् ।
आयोजकले सोमबार आधिकारिक रूपमा सार्वजनिक गरेको विभिन्न ४६ विधाको अवार्डमा नेपालबाट एक जना मात्र मनोनयनमा परेको र गीतकार अधिकारी अन्तर्राष्ट्रिय पुरुष गीतकार विधामा मनोनयनमा आयोजकले जनाएको छ । अधिकारी अर्जुन पोख्रेलको सङ्गीत प्रताप दाश र शान्ता जिसीको स्वर रहेको यस्तो भाछ मलाई त बोलको गीतबाट मनोनयनमा परेका हुन् ।
अधिकारी सँगै उक्त विधामा विभिन्न देशका ६८ जना मनोनयनमा परेका छन् । आयोजकले आज देखी इलेक्ट्रोनिक भोटिङ खुला भएको जानकारी दिएको छ । गीतकार अधिकारीले अन्तर्राष्ट्रिय मञ्चमा सिङ्गो नेपाल र नेपाली भाषी गीतकारको प्रतिनिधित्वका रूपमा यो मनोनयनलाई लिएको बताएका छन् ।
अब भोटिङबाट टप २० को छनौट हुने आयोजकले जनाएको छ । अप्रिल ३० सम्म इलेक्ट्रोनिक भोटिङ खुला रहने र मे २ मा अन्तिम प्रतिष्प्रर्धीको घोषणा हुने भएकाले देश विदेशबाट सबैले भोट गरेर नेपाललाई टप २० मा पुराउन गीतकार अधिकारीले सबैलाई आग्रह गरेका छन् ।
प्रति एउटा डिभाइस बाट एक पटक भोट गर्न सकिने आयोजकले जनाएको छ ।
प्रतिक्रिया 4