
२१ चैत, विराटनगर । गाउँमा आतंक मच्याएको राँगालाई प्रहरीले गोली हानेर मारेको छ ।
मंगलबार बेलुका मोरङको केराबारीमा गाउँमा पसेर आतंक मच्याएपछि प्रहरीले दुई राउण्ड गोली हानेर राँगा मारेको हो ।
रागाको आक्रमणबाट एकजना घाइते भएका छन् । केराबारी गाउँपालिका–८ आमजुंगीमा प्रवेश गरेको राँगाले आतंक मच्चाउन थालेपछि गोली हानेर मार्नु परेको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए ।
प्रहरीका अनुसार राँगाको आक्रमणबाट ८० वर्षीय गञ्जबहादुर कार्की घाइते भएका छन् ।
राँगा नियन्त्रणमा लिने प्रयास सफल नभएपछि गोली हानेर मारिएको प्रहरीले बताएको छ ।
इलाका प्रहरी कार्यालय केराबारीबाट वरिष्ठ प्रहरी नायव निरीक्षक केदार सापकोटा नेतृत्वको टोलीले गोली हानेर साँझ ७:२५ बजेतिर राँगा मारेको थियो ।
प्रहरीले गोली हानेर मारेको राँगाको धनी सम्पर्कमा नआएपछि वडा कार्यालयले खाल्डो खनेर पुरेको थियो ।
प्रतिक्रिया 4