
२१ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले राजस्व अनुसन्धान विभागका कर्मचारीले कानुन नबुझ्दा ८० अर्बको आईटी उद्योग धरासायी हुने अवस्थामा पुगेको बताएका छन् ।
बुधवार प्रतिनिधि सभामा आफ्नो धारणा राख्दै उनले यस्तो बताएका हुन् ।
‘सूचना प्रविधि कम्पनी कोटिभिटीमाथि राजस्व अनुसन्धान विभागले एउटा मुद्दा दायर गरेको छ । कर्मचारी क्षमतावान नहुँदा कस्तो नराम्रो प्रभाव पार्छ भन्ने उदाहरण त्यो मुद्दा हो,’ उनले भने ।
कर्मचारीको क्षमताको अभावका कारण यस्तो भएको थापाले बताए । ‘त्यही भएर कर्मचारी प्रशासनभित्र मेरिटोक्रेसी प्रवर्द्धन गर्नुपर्छ,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4