+
+

राप्रपाले प्रदेशहरुमा सत्ता गठबन्धनलाई समर्थन नगर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २१ गते १७:३५

२१ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशमा सरकार गठन वा मुख्यमन्त्रीले विश्वासको मत लिँदा सत्ता गठबन्धनलाई सहयोग नगर्ने भएको छ ।

बुधबार बसेको पदाधिकारी बैठकले सत्ता गठबन्धनलाई सहयोग नगर्ने निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

राप्रपाले सत्ता गठबन्धनलाई समर्थन नगर्ने भने पनि सत्ता गठबन्धनबाहिरको दललाई समर्थन गर्ने वा नगर्नेबारे स्पष्ट निर्णय गरेको छैन । त्यस्तो अवस्थामा सम्बन्धित प्रदेश समितिसँग समन्वय गरेर अध्यक्ष राजेन्द्र लिङ्देनले निर्णय गर्ने एक नेताले बताए ।

गण्डकी, लुम्बिनी सुदूरपश्चिमजस्ता आफू निर्णायक भएको प्रदेशमा सत्ता गठबन्धनबाहिरको दलले समर्थन मागेमा दिने बाटो खुलेको राप्रपाका ती नेताले अनलाइनखबरलाई बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?