+
+

रञ्जिताको निर्देशन विपरीत सुदूरपश्चिममा मुख्यमन्त्रीलाई विश्वासकाे मत दिन संसदीय दलको ह्वीप

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २१ गते १७:३९

२१ चैत, धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ ।

नाउपाका प्रमुख सचेतक खुसीराम डगौंरा थारूले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन ह्वीप जारी गरेकी हुन् ।

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले यसअघि प्रदेशसभा सदस्यलाई पत्र लेख्दै मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिन निर्देशन दिएकी थिइन् ।

तर श्रेष्ठको निर्देशन विपरीत प्रदेश संसदीय दलले ह्वीप जारी गरेको हो ।

श्रेष्ठले प्रदेश कृषि राज्यमन्त्री इन्दिरा गिरीलाई प्रदेशसभा सदस्यबाट हटाएकी छन् ।

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार विश्वासको मत लिँदैछन् ।

प्रदेशसभाको सबभन्दा ठूलो दल कांग्रेसका १८ सांसद छन् । ५३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि २७ सांसद चाहिन्छ । मुख्यमन्त्री शाहले सरकार जोगाउने प्रयासमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का ५ सांसदलाई मन्त्री बनाएका छन् ।

गठबन्धनसँग माओवादीका १० (सभामुख बाहेक), एमालेका १० र एकीकृत समाजवादीका ४ सांसद छन् । त्यसैले गठबन्धनलाई नयाँ सरकार गठनका लागि बहुमत जुटाउन पनि नागरिक उन्मुक्ति पार्टीकै समर्थन चाहिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?