
२० चैत, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिएको पत्र प्रदेश प्रमुख तिलक परियारसमक्ष बुझाएका छन् ।
बुधबार प्रदेशसभालाई सम्बोधन गर्दै राजीनामा दिएको घोषणा गरेका शर्माले प्रदेश प्रमुखको कार्यालयमा पुगेर पत्र बुझाएका हुन् ।
प्रदेशसभाको बुधबारको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको थियो । तर गठबन्धनको शीर्ष नेतृत्वमा कर्णाली एमालेलाई छाड्ने सहमति भएपछि शर्माले राजीनमा दिएका छन् ।
शर्माको राजीनामा सँगै कर्णालीमा एमाले संसदीय दलका नेता यामलाल कँडेलको नेतृत्वमा सरकार बनाउन बाटो खुलेको छ । एमालेले पहिलो पटक कर्णाली प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाउने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4