
२१ चैत, काठमाडौं । खाद्य स्वच्छता तथा गुणस्तर विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ ।
बुधबार बसेको प्रतिनिधि सभामा कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । जसलाई सभाले बहुमतका आधारमा पारित गरेको हो ।
यो विधेयक तत्कालीन कृषिमन्त्री घनश्याम भुषालले २८ असार २०७७ मा राष्ट्रिय सभामा दर्ता गरेका थिए । राष्ट्रिय सभाबाट २३ माघ २०७९ मा पारित भएर आएको विधेयक प्रतिनिधि सभाले बुधबार पारित गरेको हो । यो सँगै विधेयक संघीय संसद्को दुवै सदनबाट पारित भएको छ ।
प्रतिनिधि सभामा भएको संशोधन राष्ट्रिय सभाले स्वीकार गरेको खण्डमा राष्ट्रिय सभाका अध्यक्षबाट प्रमाणित हुँदै राष्ट्रपतिकहाँ पुग्छ । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि विधेयक ऐनका रूपमा कार्यान्वयनमा आउँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4