+
+

कन्सुलर सेवा विभागमा नयाँ मोडयुलको सुरूवात, विश्वभरका नेपाली लाभान्वित

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २२ गते १२:३४

२२ चैत, काठमाडौं । कन्सुलर सेवा विभागले नयाँ मोडयुलको सुरूवात गरेको छ ।

बिहीबार उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सूचना प्रविधिको उच्च प्रयोग गरी सफ्टवेयरमा स्तरोन्नति गर्दै बनाइएको नयाँ मोडयुलको शुभारम्भ गरेका हुन् ।

यस मोडयुलबाट विदेशमा भएका नेपालीले आफ्नो राहदानी नम्बर र जन्म मिति प्रयोग गरी नेपाली दूतावास वा नियोगको वेबसाइटमार्फत आफ्नो समस्या र गुनासो दर्ता गराउन सक्नेछन् ।

विभागका अनुसार उक्त समस्याको कार्य प्रगतिको बारेमा समेत व्यक्ति स्वयम्‌ले राहदानी नम्बरमार्फत जानकारी पाउन सक्नेछन् । यसको लागि विदेशस्थित नेपाली दूतावास वा नियोगसम्म पुग्नुपर्दैन । यो सेवा प्रयोग गर्नको लागि छुट्टै युजर आइडी, पासवार्ड वा इमेलको आवश्यकता पनि पर्दैन ।

विभागका अनुसार अबदेखि व्यक्ति स्वयम् पुग्नुपर्ने सेवा बाहेक अन्य सेवा प्राप्त गर्न दूतावास जानुपर्दैन । त्यसका साथै आफ्नो समस्या मोडयुलबाट राखिसकेपछि अन्य माध्यमबाट सम्पर्क गर्ने अवाश्यकता समेत नरहेको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?