
२२ चैत, काठमाडौं । सरकारले श्रम अदालतको मुकाम काठमाडौं उपत्यकालाई तोकेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले श्रम अदालतको मुकाम काठमाडौंमा रहने भनिएकामा त्यसको सट्टा काठमाडौं उपत्यकामा रहने गरी तोक्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । यसको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय पनि भएको उनले बताइन् ।
श्रम अदालतलाई काठमाडौंबाट भक्तपुरमा सार्ने तयारी भइरहेकाले मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको स्रोतले बतायो ।
सरकारले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार तयारी विकास समितिको अध्यक्षमा सप्तरी निवासी प्राध्यापक डा. पशुपति चौधरी र सदस्य पदमा सिरहा निवासी डा. वीरेन्द्रप्रसाद यादवलाई नियुक्ति गर्ने निर्णय पनि गरेको छ ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सदस्य पदमा झापाका डा. ज्ञानेन्द्रमान सिंह कार्कीलाई मनोनयन गर्ने पनि मन्त्रिपरिषदको निर्णय छ ।
प्रतिक्रिया 4