+
+

क्यूएफएक्सको पर्दा संख्या ३६ पुग्यो, फ्रेन्चाइजमा थपिए दरबारमार्ग र सामाखुसीका दुई हल

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २२ गते १६:२३
सुमित मैनाली (बायाँ) र भाष्कर ढुंगाना

काठमाडौं । देशभर क्यूएफएक्स सिनेमाजको पर्दा संख्या ३६ र हल संख्या १५ पुगेको छ । मुलुकको सबैभन्दा ठूलो सिनेमा फ्रेन्चाइजसँग थप दुई हल आबद्ध भएका छन् ।

दरबारमार्गस्थित राइजिङ मलको क्युज हल र सामाखुसीको निर्माणाधीन सिटी स्क्वायर मलको हल पनि क्यूएफएक्ससँग जोडिएका छन् । क्यूएफएक्स सञ्चालक कम्पनी टिम क्वेस्ट प्रालिका निर्देशक भाष्कर ढुंगाना र सिनेमार्क मुभिजका प्रमुख सुमित मैनालीबीच यसैसाता लिखित सम्झौता भएको छ ।

सम्झौतापछि अब क्युज हलको नाम ‘क्यूएफएक्स राइजिङ मल’ हुनेछ भने सामाखुसी चोकको हलको नाम ‘क्यूएफएक्स सिटी स्क्वायर’ हुनेछ । राइजिङ मलको हललाई दुई साताभित्र क्यूएफएक्सले सञ्चालन गर्नेछ भने सिटी स्क्वायरको हल वैशाखभित्र सञ्चालनमा ल्याउने लक्ष्य छ ।

दुवै हलको व्यवस्थापन क्यूएफएक्सले गर्नेछ । यसबारे क्यूएफएक्सले विज्ञप्ति जारी गर्दै दर्शकले नयाँ हलमा पनि मोबाइल एपबाट अनलाइन टिकेटिङ र अनलाइन फुड खरिद गर्न सक्ने उल्लेख गरेको छ । योसँगै काठमाडौंमा क्यूएफएक्सका हलको संख्या ७ र बाहिर ८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?