+
+

बाँदरझुलामा विद्युत् पुर्‍याउन भूमिगत प्रसारण लाइनबाट थप बिजुली माडी लगिँदै

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २२ गते १८:५३

२२ चैत, काठमाडौं । अहिलेसम्म बिजुली नपुगेको चितवनको बाँदरझुला लगायत क्षेत्रमा विद्युत् पुर्‍याउन भूमिगत प्रसारण लाइनबाट थप बिजुली माडी लगिने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले चितवन राष्ट्रिय निकुञ्जभित्र ८ किलोमिटर भूमिगत सब प्रसारण लाइन बनाउने तयारी गरेको छ । यसका लागि प्राधिकरणले पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार पारी स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पठाएको हो ।

उक्त प्रतिवेदन अनुसार चितवनको माडी नगरपालिकामा बढ्दो बिजुलीको माग सम्बोधन गर्न तथा अहिले सञ्चालनमा रहेको जगतपुर–माडी ३३ केभी विद्युत प्रसारण लाइनमा आउने आपूर्ति समस्याको समाधानमा यो प्रसारणलाइन बनाउन लागिएको हो ।

विद्यमान ३३ केभी विद्युत् प्रसारण लाइनको चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको केवल खण्डको दोस्रो सर्किट (८ किलोमिटर) निर्माण गर्न प्राधिकरणले तयारी अगाडि बढाएको बताएको छ ।

विद्यमान जगतपुर–माडी ३३ केभी प्रसारण लाइन भरतपुर महानगरपालिका-१८, चनौलीस्थित सवस्टेसनबाट सुरु भई माडी नगरपालिका-५ बसन्तपुर सबस्टेसनमा टुंगिएको छ । यो प्रसारण लाइनको कुल लम्बाइ ३२.५ किलोमिटर छ ।

थप गर्ने प्रसारण लाइनको विद्युतभार क्षमता १६ मेगावाट हुने भएको छ । भूमिगत दोस्रो सर्किट बनेसँगै एक सर्किटमा कुनै कारणले विद्युत् आपूर्ति बन्द भएमा अर्को सर्किटबाट निरन्तर बिजुली आपूर्ति गर्न सहज हुने भएको छ । यसबाट माडीबासीले भोग्दै आएको आपूर्तिको समस्या समाधान हुने भएको छ । आयोजनाबाट १६ मेगावाट थप हुँदा थप २० वर्षको मागको सम्बोधन हुने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?