+

गर्मीयाममा अपचको समस्या किन हुन्छ ?

२०८० चैत  २३ गते १२:११ २०८० चैत २३ गते १२:११
गर्मीयाममा अपचको समस्या किन हुन्छ ?

खाना पचाउनमा रक्तसञ्चारको खास भूमिका हुन्छ । रक्तसञ्चारले नै पेटमा खानेकुरा सोस्न र पचाउन मद्दत गर्छ । तर यो पाचनक्रिया गर्मीयाममा धीमा हुन पुग्छ ।

किनभने मौसमी प्रभावले जब शरीरको तापमान बढ्छ, त्यसलाई सन्तुलनमा राख्नका लागि रक्तप्रवाह अरुतिर पनि सक्रिय हुनुपर्छ । यसको असर पाचन प्रणालीमा पर्छ । नतिजा, खानेकुरा सहज रुपमा पच्दैन । त्यसबाहेक अरु कारण छन्, जसले गर्दा गर्मीमा अपच हुन्छ ।

पानीको अपुग हुनु

गर्मीबाट शीतलता दिनका लागि शरीरको प्रतिरोधी संयन्त्रले पसिना उत्पादन गर्छ । यस्तो अवस्थामा शरीरमा पर्याप्त पानी जरुरी हुन्छ । जब पानीको अपुग हुन्छ, त्यसले पाचनयन्त्रमा असर गर्छ । खासगरी खानेकुरा टुक्राउने र सोस्ने क्रियामा बाधा पुग्छ ।

मसालेदार खाना

मसालेदार र बोसोयुक्त खानेकुराले शरीरको तापक्रम बढाउँछ । यसले गर्दा रक्तसञ्चार पेटमा केन्द्रित हुन पाउँदैन र पाचन क्षमता कमजोर हुन्छ ।

जंकफुड

जंकफुडमा क्यालोरीको मात्रा बढी र पोषणको कमी हुन्छ । यस्तो खानेकुरा यसै पनि पचाउन सहज हुँदैन ।

कसरी बच्ने ?

-गर्मीयाममा पुग्दो पानी पिउनुपर्छ । झोलिलो खानेकुरामा खानुपर्छ ।

-पाचनक्रियालाई भार पार्ने किसिमको माछामासु, चिल्लो खानेकुरा सकेसम्म कम खानुपर्छ ।

-सहजै पच्ने, फाइबरयुक्त सागसब्जी र फलफूल बढी खानुपर्छ ।

-खानेकुरा खाँदा राम्ररी चपाएर खाने ।

-दही जस्ता प्रोबायोटिकले खानेकुरा पचाउन सहयोग गर्छ ।

-शारीरिक गतिविधि र व्यायामले पनि पाचनलाई सक्रिय गराउँछ ।

-बिहानको समयमा पचाउने क्षमता बढी हुन्छ र क्रमश: धीमा हुँदै जान्छ । सोही अनुरुप खानाको मात्रा पनि बिहान पुग्दो र पछि क्रमश: घटाउँदै लैजानुपर्छ ।

-चिया, कफी जस्ता क्याफिनेटेड पेय, चुरोट, रक्सीको मात्रा घटाउनुपर्छ ।

अपच गर्मीयाम प्रा. डा. विधाननिधि पौडेल स्वास्थ्य
डा. विधाननिधि पौडेल
लेखक
डा. विधाननिधि पौडेल
पेट तथा कलेजोरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : १४३६ एमबीबीएस, एमडी रसिया ग्यास्ट्रोएन्टेरोलजी र हेपाटोलोजी (रसिया) साढे तीन दशकको अनुभव, हाल निजामती कर्मचारी अस्पताल काठमाडौंका कार्यकारी निर्देशक तथा वरिष्ठ कन्सल्टेन्ट ग्यास्ट्रोएन्टेरोलोजिस्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?