+
+

प्रधानमन्त्रीद्वारा गोरखा दरबारमा क्वार्ज क्रिस्टल प्रतिस्थापन

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २३ गते १३:५१

२३ चैत, गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखा दरबारमा पुरातात्विक महत्त्वको बहुमूल्य धातु क्वार्ज क्रिस्टल प्रतिस्थापन गरेका छन् ।

गोरखा नगरपालिकाले गोरखा दरबार परिसरमा शुक्रबार प्रधानमन्त्री प्रचण्डले उक्त धातु पृथ्वीनारायण शाहको गद्दी आसन छेउमा प्रतिस्थापन गरेका हुन् ।

प्रचण्डले ऐतिहासिक र बहुमूल्य धातु क्वार्जको प्रतिस्थापन भएसँगै जिल्लाको महत्त्व अझ बढ्ने विश्वास व्यक्त गरे । उनले भने, ‘यसले गोरखा जिल्लाको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने मेरो विश्वास छ ।’

५२.३३० केजीको उक्त धातु पुरातत्व विभागले बहुमूल्य भएको प्रमाणित गरेको थियो ।

गोरखाको जनप्रतिनिधिका हैसियतले यहाँको विकास निर्माणमा निरन्तर लागि पर्ने विश्वास दिलाउँदै प्रधानमन्त्री प्रचण्डले गोरखकाली टायर उद्योग, बूढीगण्डकी जलविद्युत् आयोजना एवम् पार्क निर्माणमा आफ्नो ध्यान रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?