
२३ चैत, काठमाडौं । वसन्तु ऋतुको आरोहण सिजनका लागि शुक्रबारसम्म २६४ जना आरोहीले हिमाल आरोहण अनुमति लिएका छन् ।
पर्यटन विभागको तथ्यांक अनुसार शुक्रबारसम्म १५ हिमालका लागि सो संख्यामा आरोहण अनुमति जारी भएको विभागले जनाएको छ । यस सिजनमा हिमाल चढ्न सबैभन्दा धेरै सगरमाथामा अनुमति जारी भएको छ ।
सगरमाथाका लागि शुक्रबारसम्म ११ समूहका १३० जना आरोहीले अनुमति लिएका छन् । जसमध्ये २६ जना महिला छन् । दोस्रो स्थानमा अमादब्लम रहेको छ । यो हिमाल चढ्न ४ समूहका ३८ जनाले अनुमति लिएका छन् । जसमध्ये ६ जना महिला छन् ।
अन्नपूर्ण प्रथमका लागि २५ र द्यौलागिरी हिमाल चढ्न १५ जनाले अनुमति लिएका छन् । यसैगरी मकालु प्रथमका लागि १०, जुगल प्रथम र द्धितीयका लागि ८/८, पुथा हिउँचुली र कञ्चनजङ्घाका लागि ७/७ जनाले अनुमति लिएको विभागले जनाएको छ ।
हिमलुङ हिमालमा ५, तेङगोपा हिमालमा ४ जनाले अनुमति लिएको विभागले जनाएको छ । अहिलेसम्म सबै हिमालमा ६० जना महिलाले आरोहण अनुमति लिएका छन् ।
शुक्रबारसम्म विभागले आरोहण अनुमतिबाट मात्र १९ करोड ९२ लाख रुपैयाँ बराबर रोयल्टी संकलन गरेको छ ।
प्रतिक्रिया 4